प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन, नेपाल-भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर
नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन भइरहेको छ । हैदरावाद हाउसको नीलगिरि कक्षमा दाहाल-मोदीबीच वान टु वान कुराकानीपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल भएको थियो ।
प्रतिनिधिमण्डलको बैठक सकिएसँगै अहिले प्रधानमन्त्री दाहाल-भारतीय समकक्षी मोदीको संयुक्त पत्रकार सम्मेलन भइरहेको छ । पत्रकार सम्मेलनमा दुई देशबीच सम्झौता आदानप्रदान गरिएको थियो । दुवै प्रधानमन्त्रीबीच केही आयोजनाका संयुक्त उद्घाटन गरिए । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमतिलगायत विषयमा समझदारी भएका छन् । नेपाल-भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।