महालक्ष्मी विकासको २९औं वार्षिकोत्सवमा क्रिकेट लिग आजदेखी


काठमाडौं। महालक्ष्मी विकास बैंकको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृंखला २’ आयोजना गर्ने भएको छ। बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्न लागेको जनाएको छ। आज जेठ २० गते शनिबारदेखि २२ गते सोमबारसम्म (तीन दिन) इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिता बारे आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले जर्सी सार्वजनिक गरेका छन्।

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गरेका थिए। उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवकोटाले क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए। लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन्। सहभागी १६ टोलीलाई ४ वटा समुहमा विभाजन गरिनेछ। जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टरफाइनल प्रवेश गर्नेछन्। खेल १० ओभर प्रति इनिंग्सको हुनेछ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आइसीएफसी फाइनान्स, इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *