सांग्रिला डेभलपमेन्ट बैंकको वातावरण दिवसको अवसरमा साइकल र्याली


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने नाराका साइकल र्याली सम्पन्न गरेको छ । शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गरी सम्पन्न गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा सम्बोधन गरिए पश्चात साईकल ¥यालीको शुरुवात गरिएको थियो।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट ¥याली सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबारमार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा,जमल, दरबारमार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्यालीमा बैंकका कर्मचारी, गाहक, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भभाव राख्ने सम्पूर्ण शुभेच्छुकहरु गरीे लगभग ४ सय भन्दा बढीको उपस्थिती रहेको थियो ।

सो साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । सो र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साईकल र्यालीमा सहभागी भएका राधाकृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *