गरिमा विकास बैंकको नुवाकोटको फाँटपौवामा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । गरिमा विकास बैंकले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टसँगको सहकार्यमा बैंकले बेलकोटगढीको फाँटापौवामा निःशुल्क स्वस्थ्य शिविर गरेको छ । स्वास्थ्य शिविरमा ॐ हस्पिटलका स्वास्थ्यकर्मीले सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोगलगायतका रोगको परीक्षण एवं भिडियो एक्स रे, ईसीजीलगायतका सेवा प्रदान गरिएको थियो ।
शिविरमा करिब ७ सय जनाको निःशुल्क स्वस्थ्य परीक्षण भएको बैंकले जनाएको छ । कार्यक्रममा गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बृहत निःशुल्क स्वास्थ्य शिविरबाट धेरै मानिस लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभरका १२१ शाखा कार्यालय र ५० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।