नागरिकता विधेयक प्रमाणिकरणविरुद्ध टुलुटुलु हेरेर नबस्ने रास्वपाको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणिकरण असंवैधानिक भएको भन्दै विरोध गरेको थियो ।
आज (आइतबार) बसेको संसद बैठकमा प्रतिपक्षी दल रास्वपा, राप्रपा र एमालेले नागरिकता विधेयक, भारतसँगको सिमा विवाद लगायत विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरेको छ ।
सोहि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना धारणा राख्दै राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । उनले राष्ट्रपतिको उक्त कदम नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको बताए ।
प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण हाल बैठक एक घण्टाका लागि स्थगित भएको छ ।