संघिय संसद बैठक एक घण्टाका लागि स्थिगित

काठमाडौँ । संघिय संसद बैठक एक घण्टाका लागि स्थिगित भएको छ ।

प्रतिनिधि सभाको बैठक सुरू भएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा बजेटमाथि छलफल सुरू भएकोमा नेकपा एमाले , राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका थिए। प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौँ, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसद्मा दर्ता होस्। रातदिन छलफल गरौँला। तर, त्यस्तो हुन सकेन,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ।’

निष्क्रिय विधेयक प्रमाणीकरण गर्दै जाने हो भने राजाका पालामा लालमोहर लाग्न नसकेका विधेयक पनि जारी हुन सक्ने आरोप लगाए।

त्यस्तै उनले फूलबारी बन्दरगाहको पहुँचका लागि लिपुलेक–लिम्पियाधुराको भूभाग दिन सकिनेजस्तो कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने समेत बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *