यस्तो छ व्यवसाय तथा निकायले तिर्नु पर्ने करको दर
काठमाण्डौं । आन्तरिक राजस्व विभागले निकायको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०।८१ मा निकायको लागि लागु हुने करको दर सार्वजनिक गरेको हो। जस अनुसार निकायको लागि करको दर ३० प्रतिशतसम्म कायम गरिएको छ । यस अघि वित्तीय कारोबार गर्ने निकायु भनेर छुट्टै नतोकिएकोमा यस पटक वित्तीय कारोबार गर्ने निकाय भने छुट्टै तोकिएको छ र त्यस्ता निकायलाई ३० प्रतिशत कर लाग्ने उल्लेख छ ।
यस्तो छ निकायको लागि आर्थिक वर्ष २०८०।८१ को लागि तोकिएको कर ।

