सवारीसाधनको नवीकरण शुल्क बढ्यो , कसलाई कति ?


काठमाण्डौं । सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो। नविकरण शुल्क पाँचसयदेखि तीन हजार रूपैयाँले बढेको छ।
कसले कति तिर्नु पर्ने
कार, जिप, भ्यान र माइक्रो बस
१३०० सीसीसम्म ः ५ हजार ५०० रूपैयाँ
१३००१ देखि २००० सम्म ः ६ हजार रूपैयाँ
२००१ देखि २९०० सम्म ः ६ हजार ५०० रूपैयाँ
२९०१ देखि ४००० सम्म ः ८ हजार रूपैयाँ
४००१ देखि माथि ः ९ हजार रूपैयाँ।
यसअघि क्रमश ४ हजार, ४ हजार ५००, ५ हजार, ६ हजार र ७ हजार शुल्क थियो। मिनी ट्रक, मिनी बस र पानी ट्याङ्कर ८ हजारर रूपैयाँ पुर्‍याइएको छ। यसअघि ६ हजार थियो। ट्रक बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्‍याइएको छ। अटो रिक्सा र टेक्‍टरको दुई हजारबाट बढाएर २५ सय पुर्‍याइएको छ। डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरणमा वार्षिक नविकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्‍याइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *