‘गाँजाद्धारा रुखभन्दा २५ गुणासम्म बढी अक्सिजन उत्पादन

काठमाडौं । वातावरणलाई सन्तुलनमा गाँजाले विशेष भुमिका खेल्ने गर्दछ । यो पृथ्वीलाई सुन्दर र स्वच्छ बनाउने विषयमध्ये गाँजा खेती एक महत्वपूर्ण विषयको रुपमा रहेको छ । वातावरणीय पक्षलाई सन्तुलन राख्नमा गाँजाको कयौँ सकरात्मक पक्ष रहेका छन् ।
गाँजाको अनुसन्धान केन्द्रका रुपमा स्थापित न्युयोक रिसर्च सेन्टर, हडसन कार्बन रिसर्चले एक एकर्ड जमिनमा लगाएको गाँजाले ७ टन कार्बन पचाउन सक्ने निष्कर्ष निकालेको छ । यसको अर्थ हो अन्य बोटविरुवाको तुलनामा गाँजाले बढी अक्सिजन उत्पादन गर्ने र कम कार्बन्डाइड अक्साइड । गाँजामा कार्बन सोस्ने क्षमता अधिक हुन्छ जुन अन्य विरुवमा कम हुन्छ । कतिपय अनुसन्धानले २२ टनसम्म कार्बन पचाउन सक्ने निष्कर्ष निकालेका छन । एक अध्ययनका अनुसार अन्य रुखभन्दा गाँजाले २५ गुणासम्म बढी अक्सिजन उत्पादन गर्न सक्छ ।

गाँजा एक कार्बन उत्सर्जन वा नियन्त्रणका लागि उपयोगि बस्तु हो । पृथ्वीमा कार्बनडाईड अक्साइडको मात्रा बढ्दै जानेभएपछि मानव समुदाय लगायत प्राणी जगतलाई नकारात्मक असर पार्दै जाने भएकाले कार्बन नियन्त्रण गर्ने बोटविरुवा तथा औषधिजन्य विशेषता बोकेको गाँजाको खेती गर्नु सक्नु सिङ्गो नेपालका लागि हितको विषय हो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा नै प्लास्टिकलाई नियन्त्रण गरेर वातावरण सन्तुलन कायम राख्नु । एउटा साधारण प्लास्टिक माटोमा पूरा मिल्नको लागि २० देखि १००० वर्षसम्म लाग्ने अनुसन्धानबाट पत्ता लागि सकेको विषय हो । प्लास्टिकको प्रयोगले माटोको अवस्था विगार्ने मात्र नभई वातावरण नै प्रदुषणको मुख्य कारक तत्वको रुपमा रहन्छ । तर गाँजाको प्लास्टिक उत्पादन गर्न सकेमा त्यसको आयु कम हुने भएकाले माटोमा मिल्नका लागि लगभग २५/२६ दिन मात्र लाग्छ ।

नेपाल सरकारले अव संसदबाट सर्वसहमतिका रुपमा गाँजा खेतिलाई वैधानिकिकरण गरि नेपालमा गाँजाको प्लासिटक बजारमा प्रयोगमा ल्याउन सक्नुपर्छ । संभावना के के मा रहन्छ त्यो हेरेर बहु उपयोगी बस्तुलाई प्राथमिकिकरणमा सरकारले ल्याउन सक्नुपर्छ । नेपालले किन अन्य देशको दबाबमा आफ्नो देशमा भएको स्रोतको परिचालन गर्न सक्दैन । जब सम्म नेपालमा भएका बहुृउपयोगी बस्तुको परिचालन गर्न सक्दैनन , तब सम्म नेपाल गरिब को गरिब नै रहन्छ ।

गाँजा औषधिजन्य विशेषता बोकेको बहुउपयोगी बस्तुका रुपमा विश्वसामु चिनिएको छ । अमेरिका, युरोप, जस्ता शतिmशाली राष्ट्रमा गाँजाबाट औषधिको निर्माण,गाँजाबाट निस्कने कच्चा पर्दाथबाट उद्योगको विकास गरि कपडा, झोला, जुता, कागज, प्लास्टिक , कयौँ ओषधिको रुपमा प्रयोग गरेर देशमा रोजगारीको अवस्था सिर्जना गर्नुका साथै आर्थिक समृद्धिमा पनि ठूलो भुमिका खेलेको छ ।

औषधिको रुपमा गाँजाबाट क्यानसर रोगीको ओषधि, खाना पचाउने औषधि, खाना रुचाउने औषधि, मोटोपन घटाउने औषधि , यसको प्रयोगले खुशी प्रदान गर्नुका साथै गाँजाको दानाबाट अचार र तेल समेत उत्पादन गरिदैँ आएको छन् ।

नेपालमा पनि बेलाबेला यस विषयमा एमालेका पूर्व कानुनमन्त्ती शेरबहादुर तामाङ, विरोध खतिवडा, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतले यसको अध्ययनका रुपमा अगाडी बढेर औषधिको रुपमा प्रयोग गर्नका लागि कानुनी प्रावधान ल्याउने बताउँदै आएका छन् । अब ढिला नगरि सबै प्रदेशले ,नयाँ पुराना राजनैतिक दलले यसका विषयमा आवाज. उठाएर कानुनी रुपमा पास गर्नु आवश्यक रहेको छ । त्यो गर्न सकेको अवस्थामा नेपालमा पनि आर्थिक,रोजगारी, औषधिजन्य उत्पादनमा ठूलो राहत पुग्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *