भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले संसदमा बोलिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले हालै भएको उनको भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। साथै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिएको गुनासो गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैै प्रचण्डले भने, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर आज प्रतिपक्षी दलको प्रमुख नेता हुनुहुन्न । सत्ता गठबन्धनको पनि नेता हुनुहुन्न । अली नमिठो महसुस भएको छ ।’

तर नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली भने अहिले उपस्थित भईसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *