भारत भ्रमणमा प्रधानमन्त्रीले छोरी लगेपछि ओलीको टिप्पणी 

काठमाडौँ । एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नी छोरी गंगा दाहाललाई भ्रमणमा लगेकोमा आपत्ति जनाएका छन् ।

उनले भने– ‘पराराष्ट्रमन्त्री कता छ थाहा छैन, अर्थमन्त्री कहाँ छ थाहा छैन । नेताहरु कता छन् थाहा छैन । प्रधानमन्त्रीको छेउमा उहाँको छोरी देखिन्छिन् । आफ्नो छेउमा पराराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, छोरी राखेको छ । परराष्ट्रको चिफ अफ प्रोटोकल छैन परिवारको सदस्य राख्नुभएको छ । म एउटा के भन्न चाहन्छु भने फस्ट लेडी भनेर ‘स्पाउज’लाई राख्न सकिन्छ, अरु भनेको परिवारका सदस्य हो । छोरो लिएर जानुभयो भने फस्ट जेन्टलम्यान रु ‘स्पाउज’ त हैन । न्यूजिल्याण्ड लगायतका प्रधानमन्त्रीले ‘स्पाउज’ लिएर जान्छन् । महिला प्रधानमन्त्रीले पनि लिएर जान्छन् । फस्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’

उनले अगाडि भने– ‘भोलि नाती–नातिनी लिएर जानुभयो भने के भन्ने रु सेकेन्ड लेडी रु यस्तो भ्रमणलाई त्यस्तो भद्रगोल गर्नुहुँदैन, त्यहाँ त परराष्ट्रमन्त्री हुनुपर्छ । त्यहाँ मन्त्रीहरु, परराष्ट्र सचिव, शिष्टाचार महापाल हुनुपर्छ । त्यहाँ अफिसियल नोट लेख्ने मान्छे हुनुपर्छ । तपाईले मोदीसँग के के कुरा गर्नुभयो अहिले फेरि यहाँ आएर त्यही शब्द भन्न सक्नुहुन्छ रु सकिँदैन । तपाईंले त्यहाँ कति कुरा गर्नुभयो त्यो सबै सम्झन सकिन्छ रु यस्ता कुराहरुमा रेकर्ड राखिनुपर्छ । यो त पारिवारिक भ्रमण हो कि रु धार्मिक हो कि रु पर्यटकीय हो कि रु तिर्थाटन हो कि रु कहिँ हेर्यो पारिवारिक भ्रमण हो कि जस्तो देखिन्छ, यस्तो कमजोर खालको नेपालको प्रस्तुति हुनुहुँदैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *