हवाई टिकटको भाडा साउन १ देखि ५ प्रतिशत बढ्छः महानिर्देशक मैनाली
काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीतिः भ्रम र यथार्थ’ विषयक अन्तर्क्रियामा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागेपछि हवाई टिकटको मूल्य ५ ६ प्रतिशतमात्रै बढ्ने प्रस्ट पारेका छन् । सरकारले भ्याट लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई राखेको उनको भनाइ छ ।
सरकारले गरेको उक्त व्यवस्थाले हवाई टिकटको मूल्य १३ प्रतिशतले बढ्ने चर्चा भएको थियो । साउनदेखि हवाई टिकटको भाडामा मात्र अब भ्याट लाग्नेछ । इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने गरेको छ । ‘इन्धन चार्ज, विमानस्थल शुल्क, बिमा शुल्क र वायु सेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेका हुन्छन्, उनले भने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका छन् । अतिरिक्त तिर्नु पर्दैन ।