राजधानीमै प्रेमीद्वारा प्रेमिकाको हत्या

काठमाडौं । केही समययता प्रेम सम्बन्धमा परेका जोडीले धमाधम ज्यान गुमाउन थालेका छन् । यसअघि देशकै राजधानी काठमाडौंमा दुई युवतीले आत्महत्या गरेका थिए । एकजनाले प्रेमीको घर अगाडि गएर पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेकी थिइन् भने वीर अस्पतालकी एक नर्सले प्रेमीको कोठामै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

पछिल्लोचोटि भने प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । ६ महिनादेखि लिभिङ टुगेदरमा बसेका अमर रञ्जितकारले प्रेमिका जेनिशा तामाङको हत्या गरेका हुन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालमा ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया तामाङको हत्या भएको हो ।

तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

मादक पदार्थ सेवन गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्‍याएको पाइएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *