अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प नेसपाको राजनीतिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको बैठकमा आत्मसमीक्षा सहितको दस्ताबेज पेस गरेका गरेका छन् ।

पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेज केन्द्रीय समितिको बैठकमा पेश गरेका हुन् ।

हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको दस्तावेजमा उल्लेख गरिएको छ ।
पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा पुगेको बताएका छन् । नेसपाको केन्द्रीय समितिको बैठक बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्नेछ।

नेपाल समाजवादी खपार्टीको केन्द्रीय समितिको तेस्रो बैठकमा डा. बाबुराम भट्टराईले विगत देखि वर्तमान समयसम्म आइपुग्दा झेलेका समस्याहरुको वारेमा पनि चित्रण गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनानिम्ति भएको ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन,आदिवासी जनजाति आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, महिला आन्दोलनलगायत सबै बलिदानीपूर्ण आन्दोलनका महान् सहिदहरू, तथा बेपत्ताजनहरू र /अपांगहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै पार्टी, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिसमेत ठूलो सम्भावना र चुनौतीको
बीचमा रहेको बताएका छन् ।

करिब एक दशकदेखि नयाँ अग्रगामी वैकल्पिक राजनीतिका निम्ति भइरहेका बहस र पहलको बीचबाट विभिन्न घुम्ती हुँदै गत एक वर्षदेखि नेपाल समाजवादी पार्टी’का रूपमा संगठित हुँदै आएको बताएका छन् ।
विभिन्न आन्दोलन र पार्टीको पृष्ठभूमिबाट आएका आ–आफ्नै अनुभव र अनुभूति छन्। हामी सबै एउटै विचार, शैली, संकल्पको मालामा उनिएर देशको नेतृत्व गर्ने बलियो संगठित शक्तिका रूपमा रूपान्तरण हुन अभैm बाँकी रहेको उनले दस्तावेशमा उल्लेख गरेका छन् ।

पार्टीलाई वैचारिक संघर्ष, राजनीतिक–सामाजिक–सांस्कृतिक–आर्थिक संघर्ष र सत्ताको निम्ति संघर्षको भट्टीमा खारिएर देशकोअग्रणी वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकसित हुन महत्वपूर्ण प्रस्थानविन्दुको रूपमा भूमिका खेल्नेछ भन्ने विश्वास लिएको दस्तावेजमा उल्लेख छ ।

कुनै पनि राजनीतिक पार्टीले तत्काल विद्यमान अन्तर्राष्ट्रिय र राष्ट्रिय भू–राजनीतिक र अर्थ–राजनीतिक
परिवेश तथा सम्भावना र चुनौतीको बीचमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने नेसपाले आफ्नो दस्तावेशमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *