कोशी प्रदेशको नामाकरण जातिय आधारमा कायम हुनुपर्ने नेसपाको माग

काठमाडौं । नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रदेश न. १ को नामाकरण नामाकरण किरॉत/लिम्बुवान वा लिम्बुवान/ किरॉत कायम हुनुपर्ने बताएका छन् । भट्टराईले बिहिबार सामाजिक संजालमा एक पोष्ट गर्दै प्रदेश न. १ को नामाकरण किरॉत/ लिम्बुवान वा लिम्बुवान/ किरॉत हुनुपर्ने बताउँदै आएको उल्लेख गरेका छन् ।

पुराना दलहरूको गलत अडान र निर्णयले गर्दा सो प्रदेशका जातीय र भाषिक पहिचान पक्षधर जनसमुदाय र दलरसंगठन केही समयदेखि आन्दोलनरत रहेकाले नसापा जातिय आधारमा नै प्रदेश न. १ को नामाकरण राख्नुपर्नेमा पूर्ण ऐक्यबद्धता र विभिन्न रूपमा संलग्नता रहेको उल्लेख छ । नेसपाले प्रदेश सभामा रहेका दलहरूले छिटो आफ्नो गलत हठ त्यागेर प्रदेशको नामाकरण जातीयरभाषिक पहिचानका आधारमा नामाकरण गर्न कोशी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

डा. बाबुराम भट्टराईले संविधानसभाको समिति र राज्यबाट गठित राज्यको पुनर्संरचनासम्बन्धी आयोगले पहिचानका ५ आधार जातीय,भाषिक,सांस्कृतिक,ऐतिहासिक र भौगोलिक भनेर सिफारिस गरेकोमा मधेस बाहेक कुनै पनि प्रदेश जातीयरभाषिक आधारमा नामाकरण विडम्बना भएको बताएका छन् ।

नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसंकृति भएको देश भएकाले जातिय आधार प्रदेश एवम राज्यको नामाकरणले आगामी दिनमा देशमा जातिय द्धोन्द्धकाे सुरुवात हुने भएकाले जातिय आधारमा कुनै पनि राज्यको नामाकरण गर्नु उचित हुँदैन्

। कोशी प्रदेशमा अहिले १४ जिल्लामा मानिसहरुको सबै जातिकाे बाहुल्यता रहेकाले अन्य जातजातीहरुले आपति नजनाए पनि मंगोल जातिहरुले जातिय आधारमा प्रदेशको नामकरणको माग राख्दै आएका छन् । कोशी प्रदेशको क्षेत्रफल २५ हजार ९ सय पाँच वर्ग किमी रहेको छ । यति धेरै क्षेत्रफल भएको भु:भागमा बसोबास गर्ने मानिसहरु धेरै जातिका भएकाले जातिय आधारमा प्रदेशको नामाकरण गर्नाले अन्यजाति उपेक्षामा पर्ने हुन्छ । त्यसैले कोशी प्रदेश सरकारले जातजाति र धर्मका आधारमा कोशीको नामकरण गर्नुहुन्न ।

कोेशी प्रदेश मंगोलियनहरुको मात्र नभएर १४ वटा जिल्लाको साझा प्रदेश हो । मंगोलियनहरुले आन्दोलन गरेर राज्यमाथि नोक्सानी पुर्याउने काम गर्नु मुर्खता हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *