प्रचण्डविरुद्ध ओलीले खोले फाएल : माओवादी अपराधी हुन्

काठमाडौं । अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा ढुंगामुढा भइरहेको छ । अस्ति म जाँदा सत्ता संरक्षण ढंगले भयो । केही गर्दैन सरकार । प्रहरीको टाउको फुट्दा पनि प्रहरीलाई केही नगर्नु भनेको छ । हरेक जिल्लामा मोटरसाइकल लिएर त्यही केटाहरू पछिपछि पुग्छन् पहिचानवादीका नाममा ।

पहिला पहिला २०७३/२०७४ तिर मधेसमा हुने गथ्र्याे । कसैले जान नपाउने एमाले, केपी ओली निषेध थियो । त्यहाँ अहिले साम्य भयो । अहिले प्रदेश १ मा पहिचानवादीका नाममा सत्ता संरक्षित आपराधिक घटना भइरहेका छन् । आफूले आफ्नै मान्छे मारे सुरुमा । कहिले बन्द, कहिले तोडफोड गरेर हामीमाथि हमला भयो । आज मात्रै केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य राम रानालाई मोविल छर्केर आगो लगाउन खोजे । भनेपछि अहिले कहाँसम्मको हत्या प्रयास भइरहेको छ, पहिचानका नाममा । यस कुरामा हाम्रो पार्टी कहिले डराउँदैन । नेपालमा जातिजातिका नाममा दंगाफसाद गराउने ।

यो किराँत प्रदेश किन राख्न खोजिएको रहेछ भन्ने देखिँदैछ । नराख्दा यस्तो छ । राख्ने हो भने के हुन्थ्यो ? भनेपछि गैरकिराँत बस्न नपाउने रहेछ नि त्यहाँ । प्रचण्डले सकेन यो विषको आगो फैलाउन, प्रचण्डले पहिचानको नाममा विषको आगो फैलाउन खोजेको हो, पहिचानको नाममा । प्रचण्डले देशभर विषको आगो फैलाउन खोजेको हो । जातजातका नाममा राज्य बनाउन खोजेको हो असफल भए । अब अर्कोतिरबाट हेर्दा प्रचण्डहरूको प्रत्यक्ष संलग्नता रहेको देखिन्छ । सुरुमा नाम राख्ने र पछि पुनःविचार गर्नुपर्छ भन्ने र त्यता मान्छेहरूलाई भड्काउन थाले ।

यी प्रचण्ड चाइनिज नाटकका जर्नेलको नाटक गर्ने र सबैसँग खेल्ने खेलाडी हो । प्रचण्ड, प्रो–चाइनिज, प्रो–इन्डियन, हिंसावादी, शान्तिवादी, १०८ किलो रुद्राक्ष, टुप्पी कटुवा, जनै चुँडुवा । के के हो । अनुहार परिवर्तन गरेको । मोविल छर्केर आगो लगाउन खोज्ने यो राजनीति हो । अब एमालेले राम्ररी दनक दिनुपर्ने अवस्था आयो । सरकारले यस्तो गराइराखेको छ भने एमाले चुप लागेर बस्न सक्दैन । यस्तोमा आफ्ना कार्यकर्ताको सुरक्षा हामी आफैले गर्नुपर्छ ।

प्रचण्ड सरकारलाई हामीले जवाफ दिनुपर्ने अवस्था आएको छ । राम रानालाई मोविल छर्केर आगो लगाउने काम भयो । त्यसबाट उहाँ जोगिनुभएको छ । उपसभामुख सिर्जना दनुवारका अगाडि उदयपुरमा ढुंगा हानिएको छ । त्रियुगा नगरपालिकाकी मेयरको गाडीमाथि क्षति पुर्याउने काम भएको छ । यो सबै पहिचानवादीहरूको संरक्षक पुष्पकमल प्रचण्डपथबाट । यो प्रचण्डपथ अझै गएको छैन । प्रचण्डपथ देशद्रोही पथ हो । आपराधिक पथ हो ।

यी माओवादीहरू अपराधी हुन् । माओवादीहरूले केपी ओलीको शरीरभरि सुनको कपडा हालेर तमासा गरे । प्रचण्डपथको काम हो यो सबै गर्ने गराउने । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन् । चुप लागेर बस्ने यी सबै गराउने । यसमा एमाले सावधानीसाथ अघि बढ्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *