भारतलाई गगनको जवाफ : नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा बनाउँछ
काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका छन् ।
आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले भारतले अखण्ड भारतको नक्सा नयाँ संसद भवनमा राखेको प्रसंग निकाल्दै नेपालले ‘ग्रेटर नेपाल’ को नक्सा बनाउने बताए ।
‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ । यसमा भारतले कुनै चासो दिँदैन होला,’ उनले भने । थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् ।