ग्लोबल आईएमईका ग्राहकले लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक


काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । रुपन्देहीको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना बैंकले सार्वजनिक गरेको छ ।

बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा वा डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत (अधिकतम १ सय रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यो योजना सीमित अवधिको लागि लागु रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *