डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा डा. शेखर कोइराला, कांग्रेस सुधार्न तयार छौँ (पुर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा आफ्नो विचार प्रस्तुत गरेका छन् ।
शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्श एशोसिएशनले सुरु गरेको ११ औँ महाधिवेशनमा डा. शेखर कोइरालाले राजनीतिकर्मीहरुलाई समाजमा चलायमान बनाउन विभिन्न पेशागत र सामाजिक संगठनहरुमा आमन्त्रण गर्ने र आफ्नो विचार सम्प्रेषित गर्ने संस्कृति विस्तारै ह्रासउन्मुख भईरहेको बताएका हुन् ।
अहिले त्यस्तो हुनुमा राजनीति र राजनीतिज्ञ यतिखेर नेपालमा मात्र होइन विश्वभरी नै आलोचित भईरहेका छन । राजनीतिकर्मीलाई आम नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको उनले बताए । कोईरालाले भने,‘ हामी जो यस मञ्चमा छौँ, अपवाद छैनौँ होला ।
किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु एकपटक हामी सबैराजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।’ डेमोक्रेटिक लयर्श एशोसियशनले चितवनलाई महाधिवेशनको थलो बनाएर लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउने कांग्रेस अभियानलाई बल प्रदान गरेको उनको भनाइ छ । चितवन त्यो भुमी हो जहाँबाट नेपालको लोकतान्त्रिक आन्दोलनले उर्जा प्राप्त गरेको छ, जहाँबाट निरंकुशता विरुद्ध विगुल फुकेर अनेकन योद्धाहरुलेशहादत प्राप्त गरेका छन , उनले भने ।
अझै पनि कैयन लोकतन्त्रबादी योद्धाहरु लोकतान्त्रिक आन्दोलनले बाटो विरायो की भनी चिन्तग्रस्त भएर हामीसँग रुष्ट पनि हुनुहुन्छ होला, हामीसँग मन कुडिएको होला । आज फेरी नेपालको लोकतान्त्रिक आन्दोलनलाई मुलुकको मुख्य राजनीतिक भावधारासँग जोड्न हामी एकाकार हुनुपरेको छ, ।
अग्रजले प्रदान गरेको जिम्मेवारी पुरा गर्न सबै एक ढिका भएर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । कांग्रेस नेता कोइरालाले सभालाई सम्बोधन गर्दै संस्थामा आवद्ध साथीहरुलाई एक पटक चितवन कांग्रेको अवस्था बुझ्न पनि आग्रह गरे ।
चितवनमा कांग्रेसको अवस्था कम्जोर भएकाले आगामी दिनमा सुधारर्नुपर्ने कम्जोरी पत्ता लगाउन आग्रह गर्दै उनले भने ,‘ चितवनभित्र कांग्रेसमा भएका कम्जारेरीहरु पत्ता लगाइदिनुहोस हामी कांग्रेसलाई सुधारर्ने पक्षिमा प्रतिवद्ध छौँ ।’
डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा डा. शेखर कोइरालाले दिएको अभिव्यक्तीको अंश यस्तो छ :
कार्यक्रमका सभापतिज्यू,
प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री माननीय शेरबहादुर देउवाज्यू,
पार्टीका अन्य नेता साथीहरु,
देशभरीबाट डेमोक्रेटिक लयर्श एशोसिएशनको एघारौँ महाधिवेशनमा आउनु भएका कानुनवेत्ताहरु र
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
लोकतन्त्रबादी कानुन व्यवसायीहरुको साझा संस्था डेमोक्रेटिक लयर्श एसोसिएशनको एघारौँ महाधिवेशनमा
मलाई बिशिष्ट अतिथिको रुपमा आमन्त्रित गर्नु भएकोमा म आफुलाई गौरवान्वित ठान्दछु, तपाईहरुलाई ह्दय
देखी नै धन्यवाद दिन चाहन्छु ।
राजनीतिकर्मीहरुलाई समाजमा चलायमान बनाउन विभिन्न पेशागत र सामाजिक संगठनहरुमा आमन्त्रण गर्ने
र आफ्नो विचार सम्प्रेषित गर्ने संस्कृति विस्तारै ह्रासउन्मुख भईरहेको छ । त्यस्तो हुनुमा राजनीति र
राजनीतिज्ञ यतिखेर नेपालमा मात्र होइन विश्वभरी नै आलोचित भईरहेका छन । राजनीतिकर्मीलाई आम
नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे हम्मे परेको अवस्था छ ।
हामी जो यस मञ्चमा छौँ, अपवाद छैनौँ होला । किन र के कारणले यस्तो अवस्था आयो ? म चाहन्छु
एकपटक हामी सबैराजनीतिकर्मीले आत्मसमिक्षा र चिन्तन गर्नुपर्ने भएको छ ।
डेमोक्रेटिक लयर्श एशोसियशनले चितवनलाई महाधिवेशनको थलो बनाएर लोकतान्त्रिक आन्दोलनलाई नयाँ
ढंगबाट अगाडि बढाउने कांग्रेस अभियानलाई बल प्रदान गरेको छ । चितवन त्यो भुमी हो जहाँबाट नेपालको
लोकतान्त्रिक आन्दोलनले उर्जा प्राप्त गरेको छ, जहाँबाट निरंकुशता विरुद्ध विगुल फुकेर अनेकन योद्धाहरुले
शहादत प्राप्त गरेका छन ।
अझै पनि कैयन लोकतन्त्रबादी योद्धाहरु लोकतान्त्रिक आन्दोलनले बाटो विरायो की भनी चिन्तग्रस्त भएर
हामीसँग रुष्ट पनि हुनुहुन्छ होला, हामीसँग मन कुडिएको होला । आज फेरी नेपालको लोकतान्त्रिक
आन्दोलनलाई मुलुकको मुख्य राजनीतिक भावधारासँग जोड्न हामी एकाकार हुनुपरेको छ, हामी एक भएर
मात्र हाम्रा अग्रजहरुले हामीलाई दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ । म आज यस सभालाई सम्बोधन
गरिरहँदा यस संस्थासँग आवद्ध साथीहरुलाई विनम्रतापूर्वक अनुरोध गर्दछु । तपाईहरु एकपटक चितवन
कांग्रेसको अवस्थाबारे पनि बुझ्नुहोस । कहाँ कसरी के सुधार गर्नुपर्छ भनी साथीहरुसंग वृहत छलफल, वहस
र अन्तकृया गरेर हामीलाई जानकारी दिनुहोस । हामी सुध्रिन तयार छौँ । हामी कांग्रेस सुधार्न लागि पर्छाैँ । यो
मेरो प्रतिबद्धता भयो ।
साथीहरु
सुशासन, जवाफदेहिता, पारदर्शिता र उत्तरदायिविना लोकतन्त्र सुदृढ हुन सक्दैन । यो नै लोकतन्त्रको
महत्वपूर्ण आधार हो । कानुनी राज्य र लोकतन्त्र एक अर्काका परिपुरक हुन । हाम्रो मुलकको वर्तमान
परिस्थिती हेर्दा चिन्ता लाग्दो छ । हरेक संस्था संबैधानिक व्यवस्थालाई सुनिश्चित गर्न निर्माण गरिएका हुन ।
विभिन्न वहानामा लोकतान्त्रिक संस्थाहरु र संबैधानिक निकायहरुलाई कमजोर बनाईदै छ । राजकिय संस्थाको
अक्षुणता, स्वायत्तता र स्वतन्त्रतामा मात्रै लोकतन्त्रको भविष्य छ । मैले यहाँ सर्वोच्च अदालत, निर्वाचन
आयोग, अख्तियार र निमित्त संवैधानिक आयोगहरुको बारेमा कुरा गरिरहेको छु ।
विधिको शासनप्रति समर्पित यो समुह देशको संविधान र लोकतन्त्रको रक्षक पनि हो भन्ने कुरामा संशय छैन ।
लोकतन्त्रमा जनताद्धारा बनाएको संविधान र कानुनद्धारा शासन गरिन्छ । तपाईहरुको संगठन र हामी जो
प्रत्यक्ष नेपाली कांग्रेससँग आवद्ध छाँै, हामी पनि हाम्रो पार्टी विधान अनुरुप चल्न चाहन्छौँ । यसरी नै एउटा
“लोकतान्त्रिक इको– सिस्टमको” सभ्यता र संस्कृतिलाई हामीले अगाडि बढाउने हो । यो कार्य सामान्य छैन,
तर असंभव पनि छैन ।
म आफु वसेको संस्थाको कुरा गर्न चाहन्छु । हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनैतिक
पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमांचित यात्राको गाथा कसैबाट लुकेको छैन । हरेक सार्वजनिक
संस्था जस्तै राजनैतिक दल किन र कसका लागी भन्ने औचित्य पुष्टी गर्नु पर्ने बेला भएको छ । समय–
समयमा राजनैतिक दलहरुको औचित्य परिक्षण पनि भएको छ । राजनैतिक संकट तथा निरंकुशताका समयमा
हामी खरो रुपमा उत्रेका छौँ तर यसको सुरक्षा र सम्बर्धनमा कहिलेकाही चुकेका पनि छौँ । व्यवहारिक
राजनीतिका नाममा कतिपय बिषयमा आँखा चिम्लेका छौँ र पार्टीको विधान, नीति र नियमलाई मिचेर
अगाडी बढेको छौँ । समष्टिमा भन्नु पर्दा हाम्रो यात्राको मिश्रित अनुभव छ ।
पछिल्ला दिनमा विकसित राजनीतिले हाम्रो भविष्य के हुनेभन्ने चासो बढेर गएको छ । यतिवेला हाम्रा सामु
चुनौतीको चाङ छ । पार्टी अधिवेशन, स्थानिय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौति र
अवसरलाई स्पष्ट गरि दिएको छ । हामी यतिबेला जनतासँग टाढिएका छौँ । यो दःुखद कुरा हो । जनतासँग
जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो । पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति
र हाम्रो जनताको विचको स्थितिलाई सहि ढंगले जोड्न सकेनौँ भने हामीले हाम्रो औचित्य गुमाउदै जानेछौँ ।
साथीहरु,
हामी एउटा यस्तो समाज, सभ्यता र संस्कृति निर्माणमा अग्रसर छाँै, जहाँ व्यक्तिको इच्छा अनुसार कार्य
नभएर विधि–विधान अनुसारको शासन पद्धति निर्माणमा लागेका छौँ । राज्य संचालनमा मात्र होइन हाम्रो पार्टी
पनि विधि–विधान अनुसार संचालन होस भन्ने हामी सबैको चाहना छ । कांग्रेस पार्टीले जुन लोकतान्त्रिक
पद्धति अनुरुप पार्टी महाधिवेशनलाई सफलतापूर्वक गर्दै आएको छ, निश्चय नै हाम्रा केन्द्रिय स्तरबाट हुने
काम कारबाही र निर्णय प्रक्रिया पनि सोही अनुरुप पारदर्शी, लोकतान्त्रिक र उत्तरदायी होस भन्ने आम
नागरिकले अपेक्षा गर्दछन । हामीले यस कुरामा सदा हेक्का राख्नु पर्दछ । हाम्रो चरित्र लोकतान्त्रिक भए
समाज र राष्ट्र पनि त्यहि अनुसार निर्माण हुनेछ । लोकतन्त्र जीवन पद्धति हो, हाम्रो जीवन सस्कृति पनि हो ।
लोकतन्त्रमा कुनै व्यक्ति, संस्था वा समुदाय कानुन भन्दा माथि हुँदैन भन्ने सन्देश हामीले प्रवाह गर्न सक्दा
मात्रै आम जनताले देशको राजनीति र राजनीतिज्ञलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सन्देश जान सक्छ ।
हाम्रो संविधानले कानुनी शासनमा सबैलाई समानताको हक दिएको छ, तर पनि दण्डहिनता बढेर गएको छ र
उन्मूक्ति पाउने अवस्था अझै बिद्यमान छ । जस्तो अहिले तिनै तहको न्यायलयबाट सजाय तोकेका एकजना
राजनीतिकर्मी मात्र होइन झण्डै दुई दर्जनले राष्ट्रपतिबाट आममाफी पाए । मेरो सरोकार भनेको कानुनी
शासनमा यो उन्मूक्तिको प्रकृयालाई कसरी बुझने भन्ने हो। यहाँ म अलमलमा छु । त्यस्तै सरकारद्धारा हालै
जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयकोएउटा कोठामा थन्क्यााउने कार्य भएको छ ।
यसले संबैधानिक अंगहरु अपहेलित र अप्रभावकारी हुने खतरा म देख्दछु ।
हाम्रो सर्वोच्च कानुन भनेको संविधान हो । कानुनको उल्लंघन नगरी कसैलाई दण्ड नदिनु, कानुन उल्लंघन
गर्दा सबैलाई समान दण्डको व्यवस्था गरिनु हाम्रो संविधानवादले बुझाएको यही हो । यस आलोकमा
संवैधानिक नैतिकतालाई आजको परिस्थितिमा हामी नेपालीले कसरी बुझ्ने ? कृपया तपाईहरु सबैनेपालको
लोकतान्त्रिक संविधानको विज्ञ हुनुहुन्छ, आफ्नो विज्ञताले आम नागरिक विच उठिरहेको यस्ता प्रश्नहरुको
उत्तर खोज्न प्रयत्न गर्नुहोला ।
अन्तमा,
भारतमा संविधान निर्माणको अन्तिम भाषण सम्प्रेशण गर्दै संविधान निर्माता बाबा साहेब अम्बेडकरले बढो
सारगर्भित रुपमा भनेको कुरा म यहाँ उदृत गर्न चाहन्छु ।
“पहिलो – हाम्रो सम्पुर्ण द्धन्द र यसको समाधानको माध्यम यो संविधान बनोस ।
दोश्रो – हाम्रो देशमा भक्ति संस्कृति छ । कोही नेता, जनता तथा पार्टी कार्यकर्ताले आफ्नो विवेक र
स्वतन्त्रता कुनै नेताको चरणमा अर्पित नगरुन ।
तेश्रो – हाम्रो जुन राजनीतिक स्वतन्त्रता छ, त्यो हाम्रो सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थासंग
मिल्दोजुल्दो छैन । सामाजिक, आर्थिक र सांस्कृति क्षेत्रमा असमानता र विभेद छ । हामी समानता स्थापित
गर्न चुकेमा यो संविधान धेरै टिक्दैन, समाप्त हुन्छ ।”
बाबा साहेब अम्बेडकरद्धारा निर्मित भारतको संविधान आज ७ दशकदेखी भारतिय समाजलाई रुपान्तरण र
समृद्धिको यात्रामा अगाडी बढाईरहेको छ । तपाईहरुको यस भेलाले नेपालको संविधानवादलाई स्थिर र
सर्वस्वीकार्य पार्दै अगाडी बढाउन आवश्यक सल्लाह र सुझाव दिने भन्ने अपेक्षा गरेको छु ।
यस सभामा मलाई आमन्त्रित गरेर तपाईहरु समक्ष कानुन र संविधानको सामान्य विद्यार्थीको हैसियतमा केही
आफ्ना जिज्ञाशाहरु राख्ने अवसर दिनु भयो । तपाईहरुले यस माथि केही छलफल चलाउनुहुनेछ भन्ने आशा
लिएको छु ।
फेरी एकपटक धन्यवाद दिदै हामी र हाम्रो पार्टी इतिहाँसकै गम्भिर मोडमा उभिएका छाँै । विगतमा हामीले
गरेका कमजोरीबाट पाठ सिक्दै नेपाली जनताको सुनौलो भबिष्य निर्माणमा अग्रसर हुनुको बिकल्प छैन । हाम्रो
सामुहिक चेतनाको साझा प्रयासबाट लोकतान्त्रिक शक्ति अर्थात नेपाली कांग्रेस पुनः नेपाली जनताको आशा
र भरोसाको केन्द्रमा हुनेछ भन्दैतपाईहरुसँग फेरी भेट्ने वाचा गर्दै बिदा हुन्छु । जय नेपाल ।
डा शेखर कोइराला ।
२६ जेठ २०८०
चितव