नक्कली शरणार्थी प्रकरण: आज टोपबहादुरको तर्फबाट प्रतिरक्षा बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस अन्तर्गत आज प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीको पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले प्रतिरक्षा बहस गर्दै छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई तेस्रो मुलुक अमेरिका पठाउने भन्दै लाखौँ ठगी गरेको अभियोगमा रायमाझीसहित १८ जना हाल हिरासतमा छन् । सरकार वकिलको कार्यालय काठमाडौंले उनीहरुमाथि अदालती वयान सकेर थुनछेक वहस सुरु गरेको हो ।

काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको छ । सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिन बहस गरेपछि बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस भइरहेको छ ।

नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ मुद्धा दायर भएका मध्ये १२ अभियुक्त अझै फरार छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *