नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट
काठमाडौं । नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने भएका छन् ।नबिलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको बताएको छ । सम्झौता अनुसार नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्ने भएका हुन् ।