भ्रष्टाचारका कारण नेपालमा राजनैति विकृति पैदा भयो : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीतिमा विकृत पैदा भएको बताएका छन् । नेपालमा पैसा विना कुनै पनि काम नहुने भएपछि अहिले भ्रष्टारका कारण अफ्ठ्यारो स्थितिमा पुगेको बताएका हुन ।
शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार नेपालले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति दाबी गरेका छन् ।
भ्रष्टचारीका कारण नेपालमा सोझा साझा इमान्दारिताले दुःख भोग्नु परेको बताउँदै उनले अब नेपालमा यसको परिवर्तन ल्याउन आवश्यक रहेको बताएका हुन् । शक्ति र सत्ताका कारण नेपालको सबै पक्षमा चोट पर्न पुगेको उनको तर्क रहेको छ । नेपालको सम्पूर्ण अवस्था परिवर्तनका लागि अब सरकारले विशेष रुपमा लागि परेर विनापैसा काम हुने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको नेपालले सो कार्यक्रममा बताए ।