मुक्तिनाथ विकासले धितोमा रहेको सवारी बेच्दै
काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको इनरुवा शाखा कार्यालयबाट माँ भगवती पुस्तक भण्डारका सञ्चालक राजकुमार यादवले कर्जा लिएर चुक्ता नगरेपछि जग्गा र सवारी साधन बिक्री गर्ने भएको हो ।
व्यक्तिगत जमानीकर्ता हरी माया यादवको नाममा रहेको इनरुवा नगरपालिका १ स्थित कित्ता नम्बर ० १ ० ० क्षेत्रफल भएको जग्गा बिक्रीमा राखिएको हो ।यस्तै, को २ च १६१४ नम्बरको सन् २०१८ मा बनेको निजी पिकप टाटा मोटर्स बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।