राप्रपा नेपालको बिशाल बिरोध प्रदर्शन बबरमहलबाट शुरु
काठमाडौं । राप्रपा नेपाल आबद्ध जनबर्गिय संगठनहरुको संयुक्त बिरोध प्रदर्शन बबरमहलबाट शुरु भएको छ ।
भारतिय संसद भवनमा राखिएको भारतीय नक्सामा नेपालको लुम्बिनी , बिराटनगर, र कपिलवस्तु राखेपछि भारतलाई नेपाली भूमी फिर्ताको माग गरेका छन् ।
यस्तै नेपालको गुमेको भूमि लिम्फियाधुरा ,कालापानीसंग बंगालादेश विघुत लाने बाटो प्रधानमन्त्री प्रचण्डले चार दिने भारत भ्रमणमा मोदीसंग प्रस्ताव राखेको भन्दै नेपाली भुमी सट्टापट्टा निति मुर्दाबाद ,नागरिकता विधेयक खारेज गर ,संघीयता खारेज गर ,हिन्दराष्ट्र कायम गर , भ्रष्टाचारिलाई कार्बाही गर जस्ता पेले कार्ड बोकेर सरकारविरुद्ध राप्रपा नेपालले शुक्रबार प्रर्दशन सुरु गरेको हाे ।