लुम्बिनीको नीति तथा कार्यक्रम निराशाजनक : एमाले

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशवासीलाई निराश बनाएको प्रतिक्रिया दिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले नीति तथा कार्यक्रम सतही ढंगको आएको, समग्र विषयवस्तु नै फितलो र हल्का भएको आरोप लगाए ।

प्रदेशको समृद्धिका जुन आधार तय भएका थिए, तिनलाई साकार बनाउने खालका उपयुक्त कार्यक्रम बनाउनुपर्ने थियो त्यसतर्फ ध्यान दिइएको पाइएन’, गिरीले भने, ‘बरु यसले थप निराश बनाउने काम गरेको छ, अहिलेको विषम आर्थिक परिस्थितिलाई सही ढंगले अध्ययन गरि समाधानका उपाय पहिल्याउनेतर्फ पनि ध्यान दिइएको पाइएन ।’

नेता गिरीले नीति तथा कार्यक्रमको समग्र विषयमा अध्ययन गरेर थप धारणा प्रदेशसभा बैठकमै राख्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *