आफूलाई झोले सांसद भन्दै सांसद दीपक गिरी ‘बालेन शाहलाई सलाम छ’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुसँग जनताको धेरै अकांक्षा हुने तर त्यो पूरा गर्नका लागि सांसदको अधिकार र हैसियत केही नहुने भन्दै गुनासो गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै उनले गिरीले आफूलाई झोले सांसद भन्दै कटाक्षा गरे ।

सांसद गिरीले भने– ‘म आग्रह गर्न चाहन्छु, सांसदको हविगत हैसियत के छ भनेर । म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे एउटी बुढी आमाको फोन आउँछ । मेरो एउटा खसी मर्यो कहिँबाट केही आउँछ कि रु सांसद बाबुले केही गरिदिनु हुन्छ कि रु अर्को फोन आउँछ राती नै मेरी बुहारी छोरालाई किताव लिन भनेर गएकी २७ दिन भयो खोजीदिनुपर्यो । जनतालाई थाहा छ सांसदले नीति बनाउने भन्ने कुरा रु’

उनले अगाडि भने– ‘आफ्नो नागरिकलाई बुझ्नुस् । थाहा छैन नागरिकलाई । पहिरो गयो भने माननीयज्यू पहिरो गयो, माननीय ज्यू आगो लाग्यो भन्ने अवस्था छ । म त बालेनजीलाई । उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको हैसियतमा पुर्याइदिनुभयो । कम गाह्रो छ, कम कठिन छ राति १२ बजे फोन आउँछ । राति जलपान गरेर अब त चिन्न छोड्नुभयो होला भनेर फोन आउँछ, आफूले पनि जलपान गरेको बेला पर्यो भने झगडा पर्न सक्छ । हेर्नुस् अवस्था यस्तो छ नेपालको ।’ उनले सबै सांसदहरुको बह यस्तै रहेको उल्लेख गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *