काठमाडौं उपत्यकामा बजाजको फाइनान्स जात्रा


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द् एण्ड कम्पनी प्रालिले काठमाडौं उपत्यकाका ग्राहकहरुलाई लक्षित गरी फाइनान्स जात्रा सुरू गरेको छ । शून्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको कम्पनीको जनाएको छ ।

उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवको रुपमा मनाएर ग्राहकहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको कम्पनीले बताएको छ । यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा शून्य प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरको लाभ लिन सकिनेछ । यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा २८ जेठदेखि ३२ जेठसम्म लागु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *