पुँजीगत खर्च बढाउँछु र चालु खर्च घटाउँछु भन्ने सरकारले बजेटमा ढाँट्योः विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले पुँजीगत खर्च बढाउने र चालु खर्च कटौती गर्ने भनेर सरकारले ढाँटेको बताएका छन्।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले सरकारले नीति तथा कार्यक्रममा चालु खर्च घटाउँछु भनेको तर बजेटमा चालु खर्च बढाइएकोमा आपत्ति जनाएका हुन्।

उनले वक्तव्यमा चर्को स्वरमा चालु खर्च घटाने भनिएको तर चालु आर्थिक वर्षक वर्षको चालु खर्चको संसोधित अनुमान १० खर्ब ४४ अर्ब रहेकामा आगामी आर्थिक वर्षको चालु खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको बताए।

अर्थात चालु अर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्चमा ९७ अर्बले बढी छ , उनले भने, यसरी चालु खर्च घटाउने दाबीलाई बजेट स्वयम् खण्डन गरेको छ। भन्दा चालु खर्च घटाउने भन्ने र गर्दाचाहीँ चालु खर्च बढाएर बजेट प्रस्तुत भएको छ ।

त्यस्तै पुँजीगत खर्च बढाउँछु भनेर घटाएको पनि पौडेलको आरोप छ। चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड गरेको बताउँदै पौडेलले यसपालि ७८ अर्ब ३१ करोडले पुँजीगत खर्च घटाइएको बताए।

चालु खर्च घटाउँछु भनेको बढाउने र पुँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र छ उनले भने बजेटमा जे बोलिएको छ र बजेट जसरी प्रस्तुत भएको छ, यो असंगत छ ।

बजेटले रोजागरी वृद्धी र उत्पादन वृद्धीमा ध्यान दिन नसकेको पनि पौडेलले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *