राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटाले दिए राजीनामा

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटा (जुम्ला)ले राजीनामा दिएका छन् । व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्ने भएकाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको देवकोटाले जानकारी दिए ।

उनले आइतबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन् । तत्कालीन रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको तर्फबाट उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए । गत वर्षको असोज ३१ गते उनी मिश्र पक्षको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय सदस्यमा मनोनयन भएका थिए ।

उनले दिएको राजीनामा पत्रमा भनिएको छ, ‘मेरा व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्दा पार्टीको वृद्धि, विकास तथा विस्तारमा क्षति नपुगोस् भन्ने हेतुले ज्येष्ठ २८ गतेबाटै लागू हुने गरी राजीनामा दिएको ब्यहोरा जानकारी गराउँदछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *