अर्थमन्त्री महतले प्रस्तुत गरेको बजेटमाथि उठेका प्रश्नहरु,

काठमाडौं । अर्थमन्त्ती डा. प्रकाशशरण महतलले गत जेष्ठ १५ मा प्रस्तुत गरेको आगामि आर्थिक वर्ष २०८०/०८१ बजेटका बारेमाथि संसदमा पक्ष र विपक्ष दलका सांसदहरुले उठाउका प्रश्नहरुको जवाफ जारी राखेका छन् ।

अर्थमन्त्री महतले सोमबार संघिय संसदभवनमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ जारी राखेका हु्न् । अर्थमन्त्ती महतले बजेट प्रस्तुत गरेपश्चात बजेटका बारेमा आलोचना समालोचना सपोर्ट तथा विरोध गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

यसरी बजेटमाथिको उठेको प्रश्नले आगामी दिनमा योजना बनाउनमा सहयोग पुग्ने विश्वास लिएको अर्थमन्त्री महतले बताए । थप यस्तै ३ घण्टाको समयसम्म प्रस्तुत गरिएको बजेटको बारेमा नेकपा एमाले प्रतिपक्ष दलका नेता एवम पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्षले २ घण्टासम्म बजेटमाथि टिप्पणी गर्नु उचित नभएको उचित नभएको टिप्पणी अर्थमन्त्ती महतले गरे ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८०/०८१ को बजेटमा उठेका प्रश्नहरु यस्ता छन :

– बजेटमा भिजन स्पष्ट नभएको
– बजेट समाजवाद उन्मुख नभएको
– विभिन्न शिर्षकमा विभाजन भएका बजेटका सम्बन्धमा फरक किसिमबाट नआएको
– आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी
– बजेटकोे आकार ठूलो
– राजस्वको लक्ष्य महत्वकांक्षी
– साधारण खर्च घटाउन नसकेको
– पँजीगत खर्च घटेको चिन्ता व्यक्त
– प्रभावकारी कार्यान्वयन कसरी हुने भन्ने कुराको प्रश्न
– प्रादेशिक सन्तुलनका कुराहरुमाथि प्रश्न
– संसदीय पूर्वाधार विकासको औचित्यका बारेमा असन्तुष्टि
– गाँजा खेति नै किन ? भनेर प्रश्न
– कृषि शिक्षा स्वास्थ्यमा बजेट कम भएको कुरा संसदमा सांसदहरुले उठाएका थिए ।
-आर्थिक सुधारको योजना नआएको ।
-वितिय हस्तान्तरणको रकम यथेष्ठ नभएको
-स्थानीय निकाय प्रदेशका विषयहरुमा पनि प्रश्न
– साथसाथै औचित्यका कतिपय कार्यलयहरुको खर्च कटौतिका विषयमा समेत कुरा उठेको
– करका विभिन्न दर रेट र आर्थिक ऐनका वारेमा पनि प्रश्न
-सुर्तिजन्य पर्दाथका विषयमा पनि प्रश्न

-विभिन्न उपभोग्य लागेको करका विषयमा कुरा उठेको
यी बाहेक अन्य विषयमा पनि सांसदहरुले बजेटमाथिको छलफलमा कुरा उठाएको अर्थमन्त्ती महतले जानकारी दिए ।

अर्थमन्त्री महतले अत्यन्त कठिन परिस्थितिमा बजेट प्रस्तुत गरिएको बताए । यस्तै मुलुकको आर्थिक अवस्थामा देखिएका समस्या ,राजस्वको विषय ,बैदशिक ऋण र सहायताको विषयको अध्यन ,आन्तरिक ऋणकोे अवस्था ,मौद्रिक नीतिले ल्याएका प्रभावहरु,विगतमा सरकारहरुले गरेको प्रभाव ,कोभिडको प्रभाव, युक्रेन युद्धले ल्याएको बाह्य समस्याले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका कारण देशको अर्थतन्त्रमा परेका समस्या , दबाव,पुँजी प्रभावमा अर्थतन्त्रमा के कस्ता तरलताहरु आए त्यसमा अर्थमन्त्तीले स्वीकार गरेर अगाडी बढेको बताए ।

आँफू अर्थमन्त्री भएपछि आजका समस्याका बारेमा गम्भिर भएर बजेट ल्याएको उनले बताए । बजेटमाथि उठेको प्रश्नको जावाफ दिदै उनले भने,‘ विगतदेखि थुप्रिएर रहेका समस्याको समाधान हुन समय लाग्ने भएकाले एकै चोटी समाधान हुने विषय भने होइन् । परिवर्तनका लागि समय लाग्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *