प्रतिनिधि सभा बैठक जारी
काठमाडौँ । प्रतिनिधि सभा बैठक जारी छ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिइरहेका छन्। अर्थमन्त्री महतले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि संसदमा बजेटमाथि छलफल सुरू भएको थियो। उक्त छलफल आइतबार सकिएको थियो।
छलफलका क्रममा सत्तापक्ष दलकै सांसदहरूले बजेटमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेसका सांसद गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल लगायतले बजेटमाथि प्रश्न उठाएका थिए।
ती सबै प्रश्नहरूको जवाफ आज अर्थमन्त्रीले दिनेछन्।