होन्डा एक्सचेन्ज मेलामा पुरानो बाइक ल्याई नयाँ साट्न पाइने


काठमाडौं । होण्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिंग कम्पनीले संचालन गरिरहेको ‘होण्डा एक्सचेन्ज र फाईनान्स मेला’मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर साट्न पाइनेछ । मेलामा आफ्नो पुरानो बाईकसँग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार र एक्सचेन्ज बोनस पनि पाइने कम्पनीले जानकारी दिएको छ । साथै, १० हजारसम्मको आकर्षक स्क्रयाच कुपन पनि साट्न पाइनेछ ।

कम्पनीका्े अनुसार मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याजदरमा नयाँ होण्डा खरिद पनि गर्न सकिने छ । होण्डा फाईनान्समार्फत मात्रै ५९ हजार ९ सय ९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १५ को ब्याजदरमा बाइक घर लान पाइने कम्पनीले जानकारी दिएको छ । जेठ १८ गतेदेखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन ग्राहकहरुले काठमाडौं होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *