आईएमई २३ औं वर्षमा प्रवेश


काठमाडौं । आईएमई लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आईएमई लिमिटेडले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका सह संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईको व्यावसायिक यात्रामा सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिए । ग्राहकको रोजाइ, आवश्यकता तथा बजारको गतिशील भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउदै लैजाने घोषणा गरे । वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याइ देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आईएमई प्रतिवद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधिकरण गर्दै लगानी विस्तार गर्ने उनले बताए ।

कार्यक्रममा आईएमई लिमिटेडका सञ्चालक एवम् आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवर्द्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए । आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाएर कम्पनीले सेवा प्रवाह गरिरहेको बताए ।

आईएमई लिमिटेडले आफ्नो विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने उनले बताए । उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।बार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका बिजेता र उपबिजेताहरुलाई समेत प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा कलाकार एवम् कम्पनीका ब्राण्ड एम्बेसडरद्वय दीपकराज गिरी र दिपाश्री निरौलाको समेत सहभागिता रहेको थियो । कार्यक्रममा कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मुल नाराका साथ कम्पनीले वार्षिकोत्सव मनाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *