नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । नबिल बैंक र ईसेवा मनि ट्रान्सफरबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २ सय ५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। साथै अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् ।