पशुपतिको जलहरी प्रकरणमा सरकारले नभएको आरोप लगाएको छ : सदस्य–सचिव थापा
काठमाडौं । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव मिलनकुमार थापाले पशुपति क्षेत्र बिकास कोष पशुपतिमा चढाएको सुनको जलहरी १० केजी भन्दा तल नभएको बताएका छन् ।
अहिले सामाजिक संजालदेखि यत्रतत्र पशुपतिमा चडाएको सुनको जलहरीमा भ्रष्टचार भएको र त्यसको वास्तविक तौल थाहा पाउनका लागि निपष्क्ष रुपमा सरकारले लेखाजोखा गर्नुपर्ने थापाले बताए । यदि पशुपतिमा चढाएको सुनको जलहारीको वास्तविक तौल १० केजी भन्दा कम भएको अवस्थामा आँफूले भृत्युदण्ड भोग्न तयार रहेको उनको भनाइ छ ।
सरकारलाई बारम्बार सो सुनको जलहरीका वारेमा तौल लिएर वास्तविकता बाहिर ल्याउन आग्रह गरेपनि सरकारले यसको वेवास्वता गरेर आफ्नो चरित्रमाथि दाग लगाएको उनले बताए । उनले आफ्नो परिवार , समाज, आफ्नै स्तर भएकाले त्यसमाथि दाग लगाउने काम सरकारले बारम्बार गरेको बताए ।
सदस्य सचिव थापाले सो पिडाका आँसु आँखाभरि पार्दै भने, आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइनु राज्यको खराब नीति भएको बताएका छन् ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने समेत बताए ।
यो विषयमा अहिले आँफूले न्याय नपाएपछि आत्मा हत्या गर्ने बाटो नबनाउन पनि सरकारलाई आग्रह गरेका छन् ।
सुनको जलहरी समितिको संयोजक भएकाले नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार १०३ केजी ल्याएर आएको उल्लेख गरे । राज्यले निर्देशन दिएपछि सोही अनुसारको काम गर्दै आएको उनको भनाइ रहेको छ । त्यो समयमा तत्कालिन प्रधानमन्त्री केपी ओली र त्तत्कालिन राष्ट्रपति विद्या भण्डारीको निर्देशनमा शिबरात्रीभरी त्यो काम सकाउनु भनेपछि निर्देशन अनुसार काम गर्नु कसरी गलत भयो उनले भने ।
नेपाली सेना २४ घण्टासम्म सुरक्षाका लागि डियुटीमा खटिएका हुन्छन् । अब नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने भन्दै सरकारलाई उनले प्रश्न गरेका छन् । नेपाली सेनालाई सदस्य सचिवले प्रधानसेनापतिलाई सोध्दा लेख्ने कुरामा गलत भएको उल्लेख गरेको उनको भनाइ छ । प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याएकोमा ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको र १० केजी भएको छैन भनेपछि त्यो माइन्यूटमा नलेखेको मात्रै हो उनले भने ।