बिवाईडीको मूल्य ९ लाख रुपैयाँले घट्यो


काठमाडौं । नेपालमा बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०।८१ को बजेट अनुसार करको नितिमा भएको परिवर्तनले गर्दा मूल्यमा संशोधन गरेको कम्पनीले जानकारी दिएको छ । संशोधित मूल्य निर्धारणले सरकारको नयाँ नियमहरुको पालना गर्दै आफ्ना ग्राहकहरुलाई प्रतिस्पर्धी वा छनोटको प्रस्तावहरु उपलब्ध गराउन आशा गरेको कम्पनी जनाएको छ । यस अघि बिवाईडी अट्टो ३ (१०० किलोवाट) र १५० किलोवाट मोटर संस्करणमा उपलब्ध थिए । जसको मूल्य हालैको करको दर परिवर्तन अघि क्रमशः ६४.९ लाख र ८९.९ लाख रहेको थियो । मूल्य निर्धारणमा समायोजन पश्चात ग्राहकहरुले बिवाईडी अट्टो ३ (१०० किलोवाट) ५५.९९ लाख रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) ८१.९९ लाख रुपैयाँमा पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *