राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल हृदय केन्द्र भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएको थियो ।

उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको छ। पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ।

मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ। अहिले गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ। उनलाई बुधबार मात्रै शीतल निवास फर्काइने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *