हिमालयन रिइन्स्योरेन्सले कमायो साढे २५ करोड नाफा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्म २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीले २९.५१ प्रतिशत खुद नाफा वद्धि गरेको हो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गतवर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ६१२ प्रतिशतले बढेको हो । यस्तै, ९ महिनाको अवधिमा कम्पनीको खद दावी भुक्तानी १५९२ प्रतिशत बढेर २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४६ लाख ९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ, जगेडा कोष ३८ करोड ५८ लाख रुपैयाँ, बीमा कोष १३ करोड ६९ लाख रुपैयाँ र महाविपत्ति कोष १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।