नक्कली भुटानी शरणार्थी प्रकरण: आज पनि खाणको तर्फबाट बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी मुद्दामा थुनछेक बहस जारी छ । गत २१ गतेदेखि सुरु भएको बहस आज पनि जारी रहनेछ ।

आज पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गर्नेछन् । यसअघि हिजो मंगलबार पनि खाणकै प्रतिरक्षामा १० जना वकिलहरुले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले दिनमा औषत ३ जना प्रतिवादीको बहस टुंग्याउने गरी समय निर्धारण गरे पनि खाण एक्लैको प्रतिरक्षामा २ दिन लाग्ने देखिएको हो । खाणको पक्षमा बहसका लागि डेढ दर्जन बढी कानुन व्यवसायीले नाम टिपाएका छन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार अधिवक्ताहरु शेरबहादुर केसी, पंकजकुमार कर्ण, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले खाणको प्रतिरक्षामा बहस गरेका थिए।

खाण बाहेक अन्य ५ जना अभियुक्तको बहस हुन बाँकी छ। पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *