मेसीले फ्रान्समा उचित सम्मान पाएनन्- एम्बाप्पे

काठमाडौँ । फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेले लियोनेल मेसीले पेरिसमा उचित सम्मान नपाएको टिप्पणी गरेका छन् ।

गाजेटासँग कुरा गर्दै एम्बाप्पेले मेसीले फ्रान्समा पाउनुपर्ने सम्मान नपाएको बताउदै मेसी जस्तो खेलाडीले क्लब छोड्नु राम्रो समाचार नभएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- ‘ मेसी जस्तो खेलाडीले क्लब छोडेर जादा क्लबका कैयौं व्यक्तिहरु कसरी तनावमुक्त छन् मैले बुझ्न सकेको छैन । मेसीले फ्रान्समा पाउनु पर्ने उचित सम्मान पाउन सकेनन् ।’

पिएसजीमा सम्झौता नवीकरण नगर्ने लिखित जानकारी गराएको विषय बाहिरिएपछि अहिले एम्बाप्पेले पनि क्लब छोड्ने चर्चा रहेको छ । पिएसजीमा एम्बाप्पेको २०२४ जुन सम्म सम्झौता रहेको छ । उनले आफ्नो अधिकार प्रयोग गर्दै सम्झौता नवीकरण नगर्ने लिखित जानकारी गराएका छन् । एम्बाप्पेको यो कदमपछि पिएसजीले उनलाई यसै ट्रान्सफर विन्डोमा बेच्नुपर्ने दबाबमा परेको छ ।

एम्बाप्पेले मेसीको बारेमा कुरा गर्दै मेसी फुटबल इतिहासका एक महान फुटबलर भएको बताएका छन् । उनले भनेका छन्- ‘मेसी फुटबल इतिहासकै एक महान खेलाडी हुन् । उनी जस्तो खेलाडीले टिम छोडेर जाने कहिल्लै राम्रो समाचार हुदैन ।’

साथै एम्बाप्पेले आफुले अहिले नै पिएसजी छोड्ने नभनेको स्पष्ट गर्दै सम्झौता नवीकरण नगर्ने मात्र भनेको बताएका छन् ।

साथै उनले गत जुलाईमा नै मौखिक रुपमा आफ्नो सम्झौता नवीकरण नगर्ने बताएको उल्लेख गर्दै अहिले लिखित जानकारी मात्र दिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *