राष्ट्रिय बीमा कम्पनीले एकैपटक सम्पन्न गर्यो ६ वर्षको साधारणसभा


काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षको गरी ६ आर्थिक वर्षको साधारण सभा एकैपटक जेठ ३१ गते सम्पन्न गरेको हो । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८।६९, आर्थिक वर्ष २०६९।७० र आर्थिक वर्ष २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७०।७१, आर्थिक वर्ष २०७१।७२ र आर्थिक वर्ष २०७२।७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरेको हो ।

साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८।६९ देखि २०७२।७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ । जसको पारिश्रमिक प्रतिवर्ष ५ लाख रुपैयाँ छ । त्यस्तै, सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उनी सर्वसाधारण सेयरधनीकोतर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *