कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् । सूचना, संचार तथा प्रचार विभागमा मीनबहादुर विश्वकर्मा छन् ।