भोलिदेखि लामो दूरीका सवारी गोंगबु बसपार्कबाट मात्र


काठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन भोलिबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। १ असारबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनका अनुसार भोलिदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन्।

हामीले बसपार्कबाट नै लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनहरु गोंगबु बसपार्कबाट सञ्चालन हुन दिने गरी अन्तिम तयारी स्वरुप आज बैठक बसेका छौं। सबै यातायात व्यवसायीहरु सहमत हुनुहुन्छ, भोलि अनुगमन समेत हुन्छ। श्रेष्ठका अनुसार महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ। ‘बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्‍न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको छ, मेरै संयोजकत्वमा कार्यदल छ,’ श्रेष्ठले भने । कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि लगायत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *