एभरेष्ट बैंकले बाल अस्पताल बनाउन चाइल्ड हेल्थलाई दियो १० लाख


काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले अस्पताल भवन निर्माण कार्यका लागि उक्त संस्थालाई सो बराबरको आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ सबै प्रादेशिक बाल अस्पतालहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रिय बाल अस्पताल सञ्चालनार्थ स्थापित संस्था हो । जसले बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गर्री, गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको विकास तथा, निति निर्धारण गर्न लगायतका कार्य गर्दै आएको छ । सो सम्बन्धमा दुई संस्थाबीच सम्झौता भई एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालाले चेक हस्तान्तरण गरेका छन् । यसबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *