केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान


काठमाण्डौ । केएल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त समूह अन्तर्गतका काठमाण्डौ कर्पोरेट अफिस तथा बिराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त समूहअन्तर्गत कार्यरत कर्मचारीहद्वारा नै रक्तदान गरिएको थियो। काठमाण्डौ, विराटनगर, वीरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारीद्वारा रक्तदान गरी ११६ पिन्ट रगत संकलन गरिएको थियो। विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा ‘रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्’ मा केन्द्रित रही यस समूहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो। केएल दुगड समूहले यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *