गुडविल फाइनान्सको साधारणसभा आह्वान


काठमाडौं । गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २१ गते बिहिबार हात्तिसारस्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १२ देखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असार ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु ः
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन पारित गर्ने।
२. लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आ।व। २०७८र०७९ को नाफा( नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने ।
३. लेखा समितिको सिफारिस बमोजिम आ।व। २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री वि. आर. एस न्यौपाने एण्ड कम्पनीका पार्टनर ज्ञानेन्द्र बहादुर भारी पुनः नियुक्ती गर्न मिल्ने) ।
४. विविध

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *