पानि नपरुन्जेल भ्यागुताको बिहे, पानि परेपछि बाउको विहे

काठमाडौँ । लामो समयको खडेरी पस्चात नेपालको केही स्थानमा भारी वर्षा भएको छ । त्यही भर्षाका कारण पुर्वी पहाडी भेगका धेरै मानिसको जनजीवन निकै प्रभावित भएको छ । खडेरी परेपछि धेरै स्थानमा पानिको हाहाकार भएको थियो । कृषि पेशा गर्ने मानिसहरु बालिनालीमा पानि लाउन नपाएपछि निकै चिन्तित परेका थिए । कति पय ठाउँमा खाने पानिको समेत समस्या परेकाले जनजीवन निकै प्रभावित भएको कुरा त तपाई हामीलाई थाहानै छ । तर अहिले पानि पर्दा पनि सान्ति छैन पुर्वी पहाडी भेगमा, पानि पर्दा पनि प्रभावित नै छन पहाडी भेगका मानिस ।

ताप्लेजुङको पूर्वी क्षेत्रमा दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ ।

यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको छ । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताएका छन् ।

गएको बिहीबारदेखि निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन् । बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेका छन् ।

सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लुक्षुमण तामाङले बताए । उनका अनुसार खोेला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए । उनले भने , “पानी मुसलधारे परिरहेको छ । एक घरदेखि अर्को घर जान सकिँदैन । अहिले सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छौँ ।” बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताईन । उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताईन। धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको बताइन ।

त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए । स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको र पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए ।

याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । उनले भने , “अहिले हामी नै जोखिममा छौँ । प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ । स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन् ।

ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।

काबेली नदीमा आएको बाढीले स्थानीय जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकाले बिहान स्थानीयले विद्यालयको सामान सुरक्षित ठाउँमा सारेका छन् । बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ ।

त्यस्तै सिदिङ्वा–१ सुरुमखिमका विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार आज (शुक्रबार) बिहान पनि वर्षा भइरहेको र बालबालिका विद्यालय जान सक्ने अवस्था छैन भने, सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएका छन् । केही दिन यतामात्र पानि नपरेर पिरोल्लीएका ताप्लेजुङबासी अहिले त्यहि पनिले बासस्थान उठाएपछि विचलित परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *