प्रधानन्यायाधीशमा कार्की सर्वसम्मत अनुमोदन, राष्ट्रपतिले शपथ खुवाएपछि कार्यभार सम्हाल्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेको छ ।शुक्रबार बिहान बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई राष्ट्रपतिले नियुक्त गरेर शपथ खुवाउनेछन् । राष्ट्रपतिले कहिले कार्कीलाई प्रधानन्यायाधीशको शपथ खुवाउने भन्ने निश्चित भइसकेको छैन । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएकाले उनको अवस्था हेरेर मात्र राष्ट्रपति कार्यालयले शपथको समय तोक्ने छ ।

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनी आठ महिनादेखि कामु प्रधानन्यायाधीश थिए । कार्की साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् । डेढ महिनाका लागि भए पनि कार्कीलाई प्रधानन्यायाधीश बनाउन संसदीय समितिले नाम अनुमोदन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *