प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबिच सम्झौता


काठमाडौं । प्रभु बैंकले विद्युतीय सवारी साधान खरिद गर्न सवारी साधन कर्जा दिने भएको छ । बैंकले प्यारामाउण्ट मोटर्सद्धारा आयात गरिएको एम्जी मोडेल,ब्राण्डका इलेक्ट्रिक भेहिकल किन्न प्रतिस्पर्धी व्याजदरमा कर्जा दिने भएको हो । सो सम्बन्धमा प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रा.लि.का तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका हुन् । हाल बैंकले ३ सय १ वटै शाखाबाट नै कर्जा सुबिधा दिँदै आएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *