भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले एक सूचना जारी गर्दै वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ ।

‘सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ ।’,सूचनामा भनिएको छ ।

वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउने क्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *